३० अर्बको ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैंक – Nepal Press

३० अर्बको ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँको ट्रेजरी बिल खरिद गर्ने भएको छ ।

यसका लागि ट्रेजरी बिल बिक्री गर्न चाहने बैंक तथा वित्तिय संस्थाले आज बिहीबार २ बजेसम्ममा बोलकबोल गरिसक्नुपर्नेछ ।

बोलकबोल गर्दा काउण्टर पार्टीले बिक्री गर्न चाहेको तोकिएको भुक्तानी मिति भएका नेपाल सरकारका ट्रेजरी बिल्सको सिरिज नं। र परिमाण उल्लेख गर्नु पर्नेछ ।

बोलकबोल गर्दा ट्रेजरी बिल्सको परिमाणको मूल्यमा बोलकबोल गर्नुपर्नेछ । उदाहरणका लागि १ सय रुपैयाँको ट्रेजरी बिल कति मूल्यमा विक्री गर्ने हो सो रकम बोल गर्नुपर्नेछ । ट्रेजरी बिल्सको परिमाण ५ करोड वा  ५ करोड रुपैयाँले भाग लाग्ने दरले खरिद आव्हान गरेको रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

तर एउटा सिरिजको ट्रेजरी बिल्सका लागि एउटा मात्र बोलकबोल गर्नुपर्ने नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *