भक्तपुर २ मा महेश बस्नेतलाई लौरोको समर्थन, पोखरेलको उम्मेदवारी निष्क्रिय (भिडिओ) – Nepal Press

भक्तपुर २ मा महेश बस्नेतलाई लौरोको समर्थन, पोखरेलको उम्मेदवारी निष्क्रिय (भिडिओ)

काठमाडौं । लौरो अभियानका नामबाट चर्चित हाम्रो नेपाली पार्टीका उम्मेवार लोकेन्द्र पोखरेल (दह्रो स्तम्भ) ले आफ्नो उम्मेवारी निष्क्रिय पार्दै भक्तपुर २ मा एमालेका महेश बस्नेतलाई समर्थन जनाएका छन् ।

बुधबार एक कार्यक्रमबीच लौरोसहित आफ्नो उम्मेदवारी पोखरेलले बस्नेतलाई हस्तान्तरण गरेका हुन् । सुमन सायमी नेतृत्वको समूहबाट उनी भक्तपुर २ मा उम्मेदवार छन् ।

पत्रकार सम्मेलनमा पोखरेलले भक्तपुरको विकासमा महेश बस्नेतको विकल्प नदेखेपछि आफूले विनाशर्त उम्मेदवारी निष्क्रिय पारेर समर्थन जनाएको बताए । राष्ट्र र राष्ट्रियताको पक्षमा उभिनेलाई लौरोले सहारा दिनुपर्ने भएकाले आफूले बस्नेतको लागि समर्थन जनाएको उनको भनाइ थियो ।

पोखरेलको चुनाव चिन्ह लौरो लिँदै बस्नेतले लौरो अभियन्तासँगै स्वतन्त्र अभियन्ताहरुसँग आफ्नो सहयात्रा सुरू भएको बताए । उनले महेश बस्नेतलाई टाढाबाट सुनेर होइन भक्तपुरको विकास हेरेर मान्छेले बुझ्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर