क्युआर कोडबाट भुक्तानी गरेर सुनचाँदीको असर्फी किन्न पाइने – Nepal Press

क्युआर कोडबाट भुक्तानी गरेर सुनचाँदीको असर्फी किन्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाबाट सुन तथा चाँदीको असर्फी खरिद गर्दा क्युआर कोडबाट भुक्तानी गर्न सकिने भएको छ ।

कात्तिक २३ गतेबाट सुनको असर्फी, चाँदीको मेडालियन/स्मारिका सिक्का खरिद गर्दा क्युआरबाट भुक्तानी गर्न सकिने मुद्रा व्यवस्थापन विभागले जनाएको हो ।

यस्तै १ र २ रुपैयाँका सिक्का खरिद गर्दा पनि क्युआरमार्फत भुक्तानी गर्न सकिनेछ । यसअघि नगद नै लगेर ग्राहकले खरिद गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *