गुल्मीमा माओवादी केन्द्रका पूर्व जनप्रतिनिधिसहितका नेता एमाले प्रवेश – Nepal Press

गुल्मीमा माओवादी केन्द्रका पूर्व जनप्रतिनिधिसहितका नेता एमाले प्रवेश

रूपन्देही । गुल्मीमा नेकपा माओवादी केन्द्रका क्रियाशील केही नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

वुधबार गुल्मीको सदरमुकाम तम्घासस्थित नेकपा एमालेको पार्टी कार्यालयमा माओवादी केन्द्र गुल्मीका सदस्य तथा पूर्व धुर्कोट गाउँपालिका कार्यपालिका सदस्य कमला घर्ती, रेसुङ्गा नगर कमिटी सह-सचिव कमला परियार, सदस्य इन्दिरा मगर र पूर्व जनमुक्ति सेना तथा वाई.सि.एल जिल्ला सदस्य ज्ञानुराम खनाल एक कार्यक्रमका विच प्रवेश गरेको नेकपा एमाले जिल्ला कमिटी सदस्य काशी पाण्डेले बताए ।

उनीहरुलाई नेकपा एमाले जिल्ला अध्यक्ष बालसिंह काउछाले पार्टीमा स्वागत गरेका हुन् । उनीहरुको आगमनले नेकपा एमालेको संगठमा थप उर्जा थपेको बताए ।

निर्वाचनमा नेकपा माओवादी केन्द्र विभिन्न दलसंग गठबन्धन गरी पार्टीलाई देशबाट नै विलय गर्ने खोजिएकाले कम्युनिष्ट शक्ति बलियो बनाउन एमालेमा प्रवेश गरेको कमला घर्तीले बताइन् । अहिले अपवित्र गठबन्धनबाट नेपाली जनताले मुक्ति नपाउने भएपछि विकल्प खोजिएको घर्तीले बताइन् ।

आफू कम्युनिष्ट आन्दोलनको योद्धा भएकाले गठबन्धनले नेपाली जनताको माग र आवश्यकता नेकपा एमाले पार्टी वाहेक अरुले पुरा नगर्ने घर्तीले बताइन् । पार्टी प्रवेश कार्यक्रममा ज्ञानुराम खनाल बोल्दै जनमुक्ति सेनामा रहेर पार्टी र जिम्मेवार नेतालाई काधँमा राखेर अगाडि बढेको र आफूजस्ता योद्धालाई पार्टीले वेवास्ता गरेको गुनासो गरे ।

जनमुक्ति सेना, वेपत्ता, घाइते,अपागंका परिवारलाई पार्टीले संरक्षण र व्यवस्थापन नगर्दा उनीहरुलाई विस्थापित हुनुपर्ने अवस्था सृजना भएको खनालले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर