अहिलेको लोकतन्त्र जनताका लागि नभएको भन्दै निर्वाचन बहिष्कारको र्‍याली (तस्बिरहरु) – Nepal Press

अहिलेको लोकतन्त्र जनताका लागि नभएको भन्दै निर्वाचन बहिष्कारको र्‍याली (तस्बिरहरु)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले दलहरुले भन्दै आएको लोकतन्त्र जनताका लागि नभएको बताएका छन् ।

मंसिर ४ को निर्वाचन वहिष्कार गर्नुपर्ने भन्दै नेकपा क्रान्तिकारी माओवादी, नेकपा मशाललगायत दलहरुले निकालेको विरोध र्‍यालीपछि काठमाडौंको शान्तिबाटीमा आयोजित कोणसभामा वैद्यले दलहरुले प्रतिगमनका विरुद्ध लोकतन्त्र भनेपनि सो लोकतन्त्र जनताका लागि नभएको बताएका हुन् । मुलुकका पटक पटक परिवर्तन भएपनि मजदुर किसान, महिला, जनताले त्यसको महसुस गर्न नसकेको उनले बताए । वैद्यले अहिले नेताहरुका साथै व्यवस्था नै परिवर्तन गर्नुपर्ने अवस्था रहेको धारणा राखे ।

प्रतिक्रियावादी पूजीवादी संसदीय व्यवस्था खारेज गर्नुपर्ने, नयाँ जनवाद-वैज्ञानिक समाजवाद लागू गर्नुपर्ने भन्दै उनीहरुले मंसिर ४ को निर्वाचन बरिस्कार र अवज्ञा गर्ने निर्णय गरेका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर