मन्त्री मेटमणी चौधरीलाई कारबाही गर्न निर्वाचन आयोगलाई मधेसी आयोगको पत्राचार – Nepal Press

मन्त्री मेटमणी चौधरीलाई कारबाही गर्न निर्वाचन आयोगलाई मधेसी आयोगको पत्राचार

काठमाडौं । मधेसी आयोगले शहरी विकासमन्त्री समेत रहेका नेकपा एसका दाङ क्षेत्र नम्बर १ का उम्मेदवार मेटमणी चौधरीलाई कारबाही गर्न निर्वाचन आयोगलाई पत्र पठाएको छ ।

मधेसी समुदायप्रति लक्षित गरी विभेदपूर्ण भाषण दिएको भन्दै मन्त्री चौधरीलाई कारवाही गर्न आयोगले पत्र पठाएको हो ।
मन्त्री चौधरीले कात्तिक २१ गतेको प्राइम टाइम टेलिभिजनमा ऋषि धमलाको महासंग्राममा सहभागी हुने क्रममा मधेसीहरु विवेकहीन र चेतना नभएको समुदाय रहेको जस्तो विभेदपूर्ण अभिव्यक्ति दिएको आयोगले जनाएको छ ।

चौधरीको सो अभिव्यक्तिविरुद्ध मधेशी नागरिक समाज र संचारमाध्यमहरुले मधेसी आयोगमा उजुरी दर्ता गराएको आयोगले वुधवार विज्ञप्तिमार्फत जनाएको छ ।

सो उजुरीपछि आयोगका अध्यक्ष डा.विजयकुमार दत्तको निर्देशनमा मधेशी आयोगले निर्वाचन आयोगलाई पत्र लेख्दै मन्त्री चौधरीलाई आवश्यक कारबाही गर्न अनुरोध गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर