झापामा गएको राजनीतिक भुइचालोले कतिको टाउको दुखेको छ : ओली (भिडिओ) – Nepal Press

झापामा गएको राजनीतिक भुइचालोले कतिको टाउको दुखेको छ : ओली (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापामा राजनीतिक भुइचालो गएको बताएका छन् । झापामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले डोटीमा जमिनकाे र झापामा राजनीति भूकम्प भएको बताए ।

उनले आफूले कांग्रेस, माओवादी, नेकपा एसका नेता कार्यकर्ता भित्र्याएपछि कति नेताहरु टाउको हात लगाएर बस्न बाध्य भएको बताए ।

उनले डोटीमा गएको भूकम्पपीडितको व्यवस्थापन र पुनिर्माणमा लाग्न सरकारको ध्यानकर्षण समेत गरे । उनले आफूले टिकट वितरण गर्दा नयाँलाई अवसर दिएकोे बताए । देश बनाउने पार्टी एमाले भएकाले सबैलाई आउन आग्रह गरे ।

उनले भने, ‘पार्टी प्रवेशको लहर यहाँमात्रै छैन । जिल्ला जिल्लामा छ । अरु पार्टीहरु थाम्नै नसकिने पहिरो गइरहेको छ । रोेक्न खोज्छन् । तर, सक्दैनन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर