घण्टी नबजाउन डा तोसिमालाई निर्वाचन आयोगको निर्देशन – Nepal Press

घण्टी नबजाउन डा तोसिमालाई निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले ललितपुर-३ बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्कीलाई घण्टी नबझाउन निर्देशन दिएको छ ।

चुनाव प्रचारप्रसारका क्रममा घण्टी चुनाव चिह्न पाएकी तोसिमाका कार्यकर्ता र समर्थकले घण्टी बझाएर हिँडेकाले आयोगले सो निर्देशन दिएको हो ।

घण्टी बजाएर हिँड्दा अरुलाई असर गरेको भन्दै आयोगले उनलाई घण्टी नबझाइ प्रचारप्रसार गर्न निर्देशन दिएको हो ।

आयोग कार्यालयमा मंगलबार बसेको सर्वदलीय बैठकका केही दलका प्रतिनिधिहरुले उम्मेदवारहरुले घण्टी बजाउँदै चुनाव प्रचारप्रसार गरेको भन्दै ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर