गठबन्धनको विज्ञप्ति झूटो साबित, विरोध खतिवडालाई झापड हान्ने खड्काले रक्सी नखाएको पुष्टि – Nepal Press

गठबन्धनको विज्ञप्ति झूटो साबित, विरोध खतिवडालाई झापड हान्ने खड्काले रक्सी नखाएको पुष्टि

हेटौंडा । नेकपा एसका उम्मेदवार विरोध खतिवडालाई हातपात गर्ने व्यक्तिले रक्सी नखाएको पाइएको छ ।

मकवानपुरका गठबन्धन दलले संयुक्त विज्ञप्ति निकालेर खतिवडामाथि कुटपिटको समाचारको खण्डन गर्दै चुनावी कार्यक्रममा खतिवडा आएलगत्तै ‘एक स्थानीयले अत्याधिक मदिरा सेवन गरी त्यहाँ पुगेको र आफैँ लडेर घाइते भएको’ भन्दै खड्कालाई प्रहरीमा बुझाइएको बताएको थियो ।

हिजो गठबन्धनको चुनावी कार्यक्रममा भोट माग्दै मकवानपुरको मनहरी पुगेका खतिवडालाई स्थानीय पुरुषोत्तम खड्काले दुई झापड हानेका थिए ।

तर, प्रहरीले ५० वर्षीय खड्काले मापसे नगरेको बताएको छ । खतिवडालाई हातपात गरेपछि पक्राउ गरिएका खड्काको हेटौँडा अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा मापसे गरेको नपाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले नेपाल प्रेसलाई बताए ।

डीएसपी कार्कीले भने, ‘अभद्र व्यवहार भनेर पक्राउ गरेर ल्याएको हो । अब उहाँ (उम्मेदवार) सँग समन्वय गर्छौं, जिल्ला ल्याइएको थियो । बेलुका मापसे परीक्षणको रिपोर्ट नेगेटिभ आयो । खड्काले मापसे गरेका रहेनछन् ।’

खतिवडा मन्त्री र सांसद हुँदा गाउँमा नआएको, विकास नगरेको भन्दै रिसाएका खड्काले हात मिलाउने बाहानामा दुई झापड हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर