रेसुङ्गाका मेयरआचारसंहिता विपरीत पार्टीको प्रचारमा व्यस्त – Nepal Press

रेसुङ्गाका मेयरआचारसंहिता विपरीत पार्टीको प्रचारमा व्यस्त

रुपन्देही । गुल्मीको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थी निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विपरीत पार्टीको चुनावी प्रचारमा व्यस्त रहेका छन् ।

आयोगले निर्वाचित जनप्रतिनिधिलाई आफ्नो पालिकामा पार्टीको चुनावी प्रचारमा रोक लगाएको छ । तर नगरप्रमुख पन्थी त्यो आचारसंहिता विपरीत आफ्नै नगरमा चुनावी प्रचारमा दिनहुँ खटिने गरेका छन् ।

नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा गुल्मीको क्षेत्र नं १ बाट उम्मेदार बनेका चन्द्र भण्डारी र क्षेत्र नं १ को २ का उम्मेदार धनेन्द्र कार्कीसँग उनी प्रचारमा छन् ।

मंगलबार रेसुङ्गा नगरपालिका वडा नं ८ स्थित भगवती मन्दिर नजिक आयोजित कार्यक्रममा उनले कांग्रेस नेता भण्डारी र कार्कीको प्रचार सभामा पुगेर मत मागेको तस्बीर सार्वजनिक भएको छ । यसअघि क्षेत्र नं २ मा जनप्रतिनिधिसहित शिक्षकसमेत दलको प्रचारमा सहभागी भएपछि आयोगले प्रष्टिकरण लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर