‘दारी फुल्यो वैँशैमा’ का गायक आशीष सचिन एक वर्षका लागि ओएसआरमा अनुबन्धित – Nepal Press

‘दारी फुल्यो वैँशैमा’ का गायक आशीष सचिन एक वर्षका लागि ओएसआरमा अनुबन्धित

काठमाडौं । आफ्नो उत्पादनमा बन्ने विज्ञापनका सामग्रीसहित म्युजिक भिडियोमा अभिनय गर्न ओएसआर डिजिटलले गायक आशीष सचिनलाई एक वर्षका लागि अनुबन्ध गरेको छ । आशीषका ‘दारी फुल्यो वैँशैमा’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’, ‘ए मुना’लगायतका गीत लोकप्रिय छन् ।

ओएसआरले गायक आशीषलाई एक वर्षका लागि वार्षिक ३० लाख रुपैयाँ दिने गरी अनुबन्धित गरेको हो । एक वर्षको अवधिमा ओएसआरसँग गायक आशीषले आठवटा गीतसहित वर्षभरी आउने विज्ञापनको काम गर्नुपर्नेछ । पछिल्ला दिनमा गायक आशीषले लगातार ओएसआरमार्फत आफ्ना म्यूजिक भिडियो बजारमा ल्याइरहेका छन् ।

गायन सँगसँगै म्युजिक भिडियोको अभिनयमा समेत अब्बल मानिएका आशीषले अभिनय गरेको पछिल्लो म्युजिक भिडियो ‘छमक छमक तेरी पाउजुले’ हो । गायक आशीषको ‘दारी फुल्यो वैँशैमा’ बोलको गीतले करिब नौ करोड ७० लाख ९९७ मिलियन० दर्शक पाइसकेको छ । जुन गीत नेपालमा सर्वाधिक बढी हेरिने र सुनिने गीतमा पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *