विराेधमाथि कुटपिट नभएकाे गठबन्धनकाे भनाइ, रक्सी खाकाे मान्छे पक्राउ परेकाे प्रष्टाेक्ति – Nepal Press

विराेधमाथि कुटपिट नभएकाे गठबन्धनकाे भनाइ, रक्सी खाकाे मान्छे पक्राउ परेकाे प्रष्टाेक्ति

काठमाडौं । संयुक्त वाम लोकतान्त्रिक गठबन्धन मकवानपुर मनहरी गाउँपालिकाले नेकपा एसका नेता एवम् मकवानपुर २ का उम्मेदवार विरोध खतिवडामाथि कुटपिट भएको समाचारको खण्डन गरेको छ ।

मनहरीका नेपाली कांग्रेसका सभापति प्रकाश बर्तौला, नेकपा माओवादी केन्द्रका सचिव सञ्जीव पाठक र नेकपा एसका अध्यक्ष नारायण श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गर्दै समाचारको खण्डन गरेका हुन् ।

विज्ञप्तिमा मनहरी गाउँपालिका वडा नं. ४ स्थित संयुक्त वाम लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको संयुक्त चुनावी सभामा खतिवडा आएलगत्तै एक स्थानीयले अत्याधिक मदिरा सेवन गरी त्यहाँ पुगेको र आफैं लडेर घाइते भएको उल्लेख गरिएको छ । त्यसपछि मदिरा सेवन गरेका व्यक्ति घाइते भएको र उपचारका लागि अस्पताल पठाइएको विज्ञप्तिमा दाबी भनिएको छ ।

यसै विषयलाई लिएर सञ्चारमाध्यमहरुमा आएका नेता खतिवडामाथि हातपातको घटना नभएको उनीहरुले दाबी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर