मन्त्रीबाट हटाइएका आचार्य भन्छन्- मलाई केही थाहा छैन – Nepal Press

मन्त्रीबाट हटाइएका आचार्य भन्छन्- मलाई केही थाहा छैन

पोखरा । गण्डकी प्रदेशमा मन्त्रीबाट हटाइएका हरिशरण आचार्यले बर्खास्तीको जानकारी नपाएको बताएका छन् । उनले मुख्यमन्त्रीसँग कात्तिक १६ मा भेट भए सौहार्दपूर्ण कुराकानी भएको नेपाल प्रेसलाई बताए ।

‘के आरोप हो । किन हटाएको हो केही थाहा छैन,’ उनले भने, ‘मिडियामा एमालेलाई सहयोग गरेको भनेर सुनेको छु । मैले कसैलाई कतै सहयोग गरेको छैन ।’

ऊर्जामन्त्री रहेका हरिशरण आचार्यलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार बर्खास्त गरिसकेका छन् । गोरखामा नेकपा एमालेलाई सहयोग गरेको आरोपमा मुख्यमन्त्रीले आचार्यलाई हटाएको मुख्यमन्त्रीनिकट स्रोतले बताएको छ ।

गोरखा २ (२) मा एमालेबाट राजु राना उम्मेदवार छन् ।

तत्कालीन नयाँ शक्ति पार्टीबाट निर्वाचित वहाँ नयाँ सरकार गठनका बेला मन्त्रिमण्डलमा समावेश थिए । यसअघि पनि सरकार विरुद्ध गतिविधि गरेको आरोपमा हटाउने तयारी गरिएको थियो । तर, डा. बाबुराम भट्टराईले नै रोकेपछि उनको पद जोगिएको थियो ।

प्रतिक्रिया

One thought on “मन्त्रीबाट हटाइएका आचार्य भन्छन्- मलाई केही थाहा छैन

  1. छोडिदिनुस ती दुई मोदीका चम्चाहरूलाई । स्वाभिमानी एमाले पार्टीमा लाग्नुहोस र गोरखामा एमालेलाई विजयी गराउनुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर