नेशनल लाईफको अभिकर्तालाई लिडर नाइट विथ पारस खड्का सम्पन्न – Nepal Press

नेशनल लाईफको अभिकर्तालाई लिडर नाइट विथ पारस खड्का सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि लागि ३ दिने ‘लिडर्स नाईट वीथ पारस खड्का’ कार्यक्रम काठमाडौंस्थित चन्द्रागिरी हिल्समा सम्पन्न गरेको छ ।

कात्तिक १९ देखि २१ गतेसम्म भएको कार्यक्रममा कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०७९ श्रावण महिनामा संचालन गरेको अभिकर्ता योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरुलाई कम्पनीका ब्राण्ड एम्बेसडरसमेत रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कासंग साक्षात्कार गरिएको हो ।

देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट भएका करिब १०० जना बरिष्ठ अभिकर्ताकहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्न नेपालका चर्चित मोटिभेसनल प्रशिक्षक सौरभ लोहनीले सेल्स मोटिभेसन तथा स्कील डेभलपमेण्ट सम्बन्धमा प्रशिक्षण दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *