त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा – Nepal Press

त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा

काठमाडौं। त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेलमा मङ्गलवार कर्णाली प्रदेशमाथि एक सय ४० रनले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो।

पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ५४ रन जोडेको थियो। आर्मीका कप्तान विनोद भण्डारीले ३७, रोहित पौडेलले ३५, कुशल मल्लले ३५, हरि चौहानले ३१, राजेश पुलामीले २८ र अर्जुन साउदले २० रन बनाए।

कर्णालीले २८.३ ओभरमा सबै विकेट गुमाएर एक सय १४ रन मात्र जोड्न सक्यो। कर्णालीका विपिन रावलले ४८ रन बनाए। आर्मीका रोहित पौडेलले ३ तथा साहब आलम र हरि चौहानले दुई दुई विकेट हात पारे। जितेन्द्र मुखिया र सुसन भारीले एक एक विकेट लिए।

समूह ए मा आर्मी ४ खेलबाट ६ अंक जोडेर उपविजेता बन्यो। ७ अंक भएको एपीएफ विजेता बन्दै सेमिफाइनल पुगेको थियो। ४ खेलबाट ५ अंक भएको गन्डकी तेस्रो स्थानमा रह्यो।

समूह बी बाट नेपाल पुलिस क्लब विजेता र मधेश प्रदेश उपविजेताका रूपमा अगाडि बढेका छन्।

सेमिफाइनलमा नेपाल पुलिस क्लबले आर्मी र एपीएफले मधेश प्रदेशसँग खेल्ने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर