मंगलबार १ अर्बको सेयर कारोबार, शिवम सिमेन्ट अगाडि – Nepal Press

मंगलबार १ अर्बको सेयर कारोबार, शिवम सिमेन्ट अगाडि

काठमाडौं । मंगलबार नेप्से २.५७ अंकले घटेर १९५६.३६ विन्दुमा अडिएको छ । सूचक केही घटेपछि लगानीकर्ता पर्ख र हेरको अवस्थामा देखिए ।

जसले गर्दा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । आज १ अर्ब ५ करोड रूपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

२२७ कम्पनीको २७ लाख ७३ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको हो । १३ मध्ये ४ वटा समूह सकारात्मक बनेका छन्, बाँकी सबै समूह ओरालो लागेको छ । ८ करोड ५७ लाख रूपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सिटिजन्स बैंक र जाल्पा लघुवित्त परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *