राप्रपाले प्रतिनिधिसभामा १५/२० सिट जित्छ : नेता दिलविकाश – Nepal Press

राप्रपाले प्रतिनिधिसभामा १५/२० सिट जित्छ : नेता दिलविकाश

काठमाडौं । राप्रपा वरिष्ठ नेता दिलविकाश राजभण्डारीले आगामी निर्वाचनमा आफ्नो पार्टीले १५/२० सीट जित्ने दाबी गरेका छन्।

बागमती प्रदेशमा राप्रपा समानुपातिक उम्मेदवारसमेत रहेका भण्डारीले निर्वाचनमा राप्रपाको निकै राम्रो नतिजा आउने दाबी गरे।

प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षमा ८/१० सीट पक्काजस्तै भएको भन्दै समानुपातिकमा समेत राम्रो नतिजा आउने उनले बताए।

चुनावी अभियानका क्रममा नेता राजभण्डारीले बागमती प्रदेशमा मात्रै समानुपातिकमा साढे तीन लाख मत आउने दाबी गरे ।

उनले भने, ‘प्रतिनिधिसभाका १४२ निर्वाचन क्षेत्रमा हाम्रो पार्टीका उम्मेदवार छन् । प्रदेशसभामा पनि त्यही प्रकारले उठेका छन्। प्रतिनिधि सभामा ८/१० सीट हाम्रो पक्काजस्तै छ । अझै थप केही उम्मेदवारले पनि चुनाव जित्नुहुन्छ ।’

प्रतिनिधिसभामा समानुपातिकबाट कम्तीमा १५/२० सीट आउने उनको बुझाइ छ। केही जित्ने उम्मेदवारहरू समानुपातिकमा बसेकोले पार्टीलाई केही घाटा लागेको बताए।

‘खासमा हाम्रो पार्टीले अझै धेरै जित्थ्यो । केही जित्न सक्ने नेताहरू समानुपातिकमा बसिदिनुभयो’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर