रियलको पहिलो हार – Nepal Press

रियलको पहिलो हार

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सिजनको पहिलो हार बेहोरेको छ ।सोमबार राति भएको खेलमा रियललाई रायो भालेकानोले ३-२ गोल अन्तरले हराएको हो ।

यसअघि रायोले खेलका अग्रता लिएको थियो । रियल दुई पटक खेलमा फर्किएपनि उत्कृष्ट गोल गर्दै रायोले महत्वपूर्ण तीन अंक जोडेको हो ।

बालोन डि ओर विजेता करिम बेन्जेमाबिना खेलेको रियललाई पराजित गर्न रायोका सान्ति कमसाना, अल्भारो गार्सिया र ओस्कार ट्रेजोले एक-एक गोल गरेका थिए । रियलका लुका मोड्रिक र इडर मिलिटाओले गोल गरेपनि हार टार्न सकेनन् ।

अघिल्लो राति जेरार्ड पिकेको विदाई खेलमा अल्मेरियालाई २–० अन्तरले पराजित गर्दै बार्सिलोना शीर्षस्थानमा फर्किएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर