बलात्कारको आरोप लागेपछि श्रीलंकन क्रिकेटर दानुस्का निलम्बित – Nepal Press

बलात्कारको आरोप लागेपछि श्रीलंकन क्रिकेटर दानुस्का निलम्बित

कोलम्बो । टी-२० विश्वकप खेल्न अस्ट्रेलिया पुगेका दानुस्का गुणाथिलाकामाथि बलात्कार आरोप लागेपछि उनलाई श्रीलंकन क्रिकेट बोर्डले निलम्बन गरेको छ । अस्ट्रेलियन प्रहरीले गुणाथिलाकालाई आइतबार उनी बसिरहेको होटलबाट पक्राउ गरेको थियो ।

डेटिङ एप्समार्फत सम्पर्कमा आएकी २९ वर्षीया महिलाले गुणाथिलाकामाथि बलात्कारको आरोप लगाएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । ३१ वर्षीय यी क्रिकेटरलाई आइतबार अदालत उपस्थित गराईएपनि धरौटीमा छाड्न अस्विकार गरिएको छ ।

श्रीलंकन क्रिकेट बोर्डले तत्काल लागु हुने गरी गुणाथिलाकालाई सम्पूर्ण क्रिकेटबाट निलम्बन गरिएको उल्लेख गरेको छ । चोटका कारण जारी विश्वकपको पहिलो चरणबाटै टिमबाहिर रहेका गुणाथिलाका स्वदेश भने फर्किएका थिएनन्। श्रीलंकन बोर्डले आफूले पनि छानबिन गर्ने र दोषी देखिए कारबाही गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर