हामी रेल र पानीजहाजका कुरा गर्दैनौँ : रामचन्द्र पौडेल – Nepal Press

हामी रेल र पानीजहाजका कुरा गर्दैनौँ : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ १ का उमेदवार रामचन्द्र पौडेलले देशलाई प्रतिगमनमा लैजाने षड्यन्त्र भएपछि पाँच दलीय गठबन्धन बनेको बताएका छन् ।

तनहुँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले जनताको हातमा आएको अधिकार बचाउन गठबन्धन गरेर आफूहरु आएको बताए ।

उनले भने, ‘यो गठबन्धन कस्तो परिस्थितीमा निर्माण भएको तपाईंहरुलाई थाहै छ। संविधान बचाउने सवालमा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच कुरा मिलेपछि अहिले हामी एकजुट भएका आएका छौँ ।’

उनले अहिले देशलाई सुशासन आवश्यक भएको उल्लेख गर्दैविकासका लागि गठबन्धन सुशासन दिने बताए । उनले भने, ‘हामी जनतालाई ठूला सपना देखाउने पक्षमा छैनौँ । रेल र पानीजहाजका कुरा गर्दैनौँ। तर, जनताका आधारभूत आवश्यकताका कुरा गर्छौं। र गरेको कुरा पुरा गर्छौँ पनि ।’

उनले आफूमा विकासको काम गर्ने इच्छाशक्तिसहित भएको चुनावमा होमिएको समेत बताए ।

प्रतिक्रिया

One thought on “हामी रेल र पानीजहाजका कुरा गर्दैनौँ : रामचन्द्र पौडेल

  1. तिमीहरू त देश कसरी लुटने भनेर मात्र ध्यान दिन्छौ । निर्माण तिमीहरूको काम नै होईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर