गठबन्धनले सर्भेका नाममा एमाले कांग्रेसको हाराहारी मात्रै छ भनेर भ्रम फैलायो : ओली – Nepal Press

गठबन्धनले सर्भेका नाममा एमाले कांग्रेसको हाराहारी मात्रै छ भनेर भ्रम फैलायो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा कांग्रेस र एमालेले हाराहारीमा सिट ल्याउँछन् भनेर गठबन्धनले भ्रम फैलाउन खोजेको टिप्पणी गरेका छन् । विभिन्न सर्भेका नाममा यस्तो भ्रमपूर्ण प्रचार भइरहेको उनको दाबी छ ।

कास्कीमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले एमाले कांग्रेसभन्दा धेरै अगाडि पुग्ने भविष्यवाणी गरे ।

उनले भने, ‘गठबन्धनले विभिन्न प्रकारका सर्भे भन्दै छुस्स छुस्स ल्याइरहेको छ । यसले गरेको, उसले गरेको सर्भे भन्दै एमालेलाई कांग्रेसको हाराहारीमा देखाउने कोसिस गरिएको छ । कांग्रेस हाराहारीमा मात्रै एमालेले भोट ल्याउँछ भन्ने इम्प्रेसन पार्न खोजिएको छ ।’

ओलीले थपे, ‘म भन्न चाहन्छु, एमाले कांग्रेसको हाराहारी होइन । सानो मार्जिनले होइन, ठूलो मार्जिनले कांग्रेसभन्दा अगाडि हुन्छ एमाले । एकल बहुमत ल्याउँछ । एकल बहुमतको सरकार बनाउँछ । अरू कसैलाई सरकारमा सामेल नगर्ने भन्ने होइन । तर त्यो सरकार फेरि पनि एमालेको हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर