पोखरामा ३ घण्टा ढिला आए ओली – Nepal Press

पोखरामा ३ घण्टा ढिला आए ओली

पोखरा । अगुवा कार्यकर्ता भेलामा नेकपा एमाले अध्यक्ष केपी ओली पोखरा आइपुगेका छन् । उनी निर्धारित समयभन्दा झण्डै ३ घण्टा ढिला यहाँ आइपुगेका हुन् ।

बिहान १० बजे पोखरा सभागृहमा कार्यक्रम तय भएको थियो । कार्यकर्ता र एमालेका उम्मेदवारहरू बेलैमा आएपनि ओली दिउँसो १ बजेपछि मात्र आइपुगे ।

चुनावी अभियानका कार्यक्रमलाई रोकेर एमाले अध्यक्षको कार्यक्रममा उपस्थित उनीहरूको कार्यक्रम पनि बिथोलिएको छ । ओली नआएपछि पोखरा सभागृहमा सांस्कृतिक कार्यक्रम चलाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर