ओली पोखरा जाँदै, गण्डकीका तीन जिल्लामा सम्बोधन गर्ने – Nepal Press

ओली पोखरा जाँदै, गण्डकीका तीन जिल्लामा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली चुनावी आमसभाका लागि आज गण्डकी जाँदैछन् ।

कास्की, बागलुङ र स्याङ्जामा आयोजना हुने सभालाई उनले सम्बोधन गर्ने सचिवालयले जनाएको छ । बिहान पोखरा र त्यसपछि बागलुङ र स्याङ्जाको चुनावी सभालाई ओलीले सम्बोधन गर्नेछन् ।

आसन्न मंसिर ४ को निर्वाचनको लागि आयोगले निर्धारण गरेको प्रचारप्रसारको समयमावधिमा दल तथा उम्मेदवारले दौडधुप बढाएका छन् ।

एमालेले कात्तिक १८ देखि सुदूरपश्चिमको दार्चुलाबाट देशव्यापी प्रचार अभियान थालेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर