विश्वकप फुटबलको अवसरमा भायाटिभीको यस्तो अफर – Nepal Press

विश्वकप फुटबलको अवसरमा भायाटिभीको यस्तो अफर

भायाटिभीको सदस्यता लिनेले नयाँ हिमस्टार टिभी खरिदमा ५१ प्रतिशतसम्म छुट 

काठमाडौं । आउँदै गरेको फिफा विश्वकप-२०२२ का अवसरमा भायाटिभीले आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर ल्याएको छ । उक्त अफरअन्तर्गत भायाटिभीका ग्राहकहरुले मात्र ५०० रुपैयाँमा फुटबल विश्वकपका सबै खेलहरू लाइभ हेर्नका साथै ३२” देखि ४३” सम्मका नयाँ हिमस्टार टिभी सेटहरूमा ५१ प्रतिशतसम्म छुट पाउनेछन् ।

भायाटिभीका हालका ग्राहकहरूले ५०० रुपैयाँमा सबै विश्वकप खेलहरू हिमालय एचडी च्यानलमा प्रत्यक्ष हेर्न सक्नेछन् । यो अफर सेट-टप-बक्स प्रयोगकर्ताहरूको लागि मात्र मान्य हुनेछ ।

यसबाहेक भायाटिभीको ‘ब्रिंग होम द गेम’ अफरअन्तर्गत ग्राहकहरूले १५० रुपैयाँ प्रति महिना सम्ममा भायाटिभी र ९९९ रुपैयाँ प्रति महिना सम्ममा २०० एमबिपिएस भायानेट अल्ट्रा-फाई इन्टरनेट पनि पाउन सक्नेछन् । वार्षिक सदस्यता लिने वा नवीकरण गर्ने दुवै ग्राहकले यसरी इन्टरनेट र टिभी जोडे वापत नयाँ हिमस्टार टिभीमा ५१ प्रतिशतसम्म छुट पाउन सक्नेछन् । यसरी ग्राहकले ३२ इन्चको हिमस्टार एलईडी टिभी मात्र रु. १२,१२३ सम्ममा र ४३ इन्चको स्मार्ट टिभी मात्र रु. २४,३३५ सम्मको मुल्यमा खरिद गर्न पाउने छन् ।

यसका साथै भायाटिभीको आइएसपि पार्टनर भायानेट कम्युनिकेसन्सले पहिलो पटक इन्स्टलेसन गर्दा डुअल ब्यान्ड ओएनयु र सेट-अप-बक्समा छुट उपलब्ध गराउनुका साथै विशेष छुटमा एमआई राउटर वा नोकिया मेस बिकन १.१ राउटर मध्ये एउटा एक्स्ट्रा राउटर पनि लिन सक्ने विकल्प दिएको छ ।

यो अफर नोभेम्बर २० मा सुरु हुने फुटबल विश्वकपको प्रतिक्षामा रहेका सबै फुटबल फ्यानहरूका लागि विशेष रहन सक्छ । भायाटिभी, नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायकमध्येको एक भायानेट कम्युनिकेसन्सको आई.पि.टि.भी. सेवा हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *