ओलीलाई प्रचण्डको कटाक्ष : जनता उल्लू छैनन्, अब उखान-तुक्कालाई पत्याउँदैनन् – Nepal Press

ओलीलाई प्रचण्डको कटाक्ष : जनता उल्लू छैनन्, अब उखान-तुक्कालाई पत्याउँदैनन्

‘संविधानविरुद्ध गतिविधि गर्नेलाई जनताले बहिष्कार गर्छन्’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आगामी निर्वाचनमा अग्रगमन र प्रतिगमनविरुद्धको लडाइँ भएको बताएका छन् । रामेछाप जिल्लाका एमालेका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा गणतन्त्र आउँछ भन्ने कुरा परिकल्पना समेत नगरेको बताए ।

उनले भने, ‘ओली गणतन्त्र र संविधानको पछिसम्म विरोध गर्दै हिँड्थे । पछि संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्र पनि घोषणा भयो । उनको इच्छा विपरीत । त्यतिबेला उनले भन्ने गर्थे माओेवादीले आँधिहुरी लिएर आयो । सबै त्यसमा हिँडेपछि म पनि त्यसमा हिँडेको हो मन त परेको थिएन भन्थे । संविधान बनाउने बेलामा पनि ।’

संविधानमा सही गरेपछि आफूहरुले ओली पनि संघीय लोकतन्त्रवादी भए होलान् भन्ने अपेक्षा गरेपनि नभएको उल्लेख गरे । ओली अहिलेसम्म पनि धर्म निरपेक्षतावादी नभएको आरोप लगाए ।

उनले भने, ‘मैले वाम गठबन्धनको प्रस्ताव पनि राखे । केपी ओलीको प्रस्ताव पनि होइन । पछि पार्टी एकताको प्रस्ताव पनि राखियो। तर, एकताको तीन बर्ष पुग्न नपाउँदै उनी त अहिलेसम्मको उलपब्धि कहिले उल्ट्याउला भनेर लुकेर बसेका रहेछन् ।’

ओली आफू प्रधानमन्त्री भएपछि संविधान मिचेर पटक पटक प्रतिनिधि सभा विघटन गरेको जिकिर गरे । उनले भने, ‘ओली अहिले पनि लाज पचाएर भाषण गर्दै हिँडेको देख्छु । मलाई त अनौठो लाग्छ। हामीले दुई तिहाइको सरकार र प्रधानमन्त्री बनाएका थियौँ । उनले पार्टी र सरकार पनि बचाउन सकेनन् । अहिले के भनेर भोट माग्न गएका हुन् । उनले नेपाली जनतालाई उल्लू ठानेका छन् कि । हिजो दुई तिहाइ दिँदा पाँच बर्षसम्म टिकाउन नसक्ने उनै हुन् ।’

ओलीले आफूले जनताका अगाडि गएर उखान टुक्का हानेर हसाउँदैमा भोट पाउँछु भन्ने ठानेको टिप्पणी गरे । ओलीको अहंकारले संविधानविरोधी गतिविधि गर्दा जनताले समेत विरोध र बहिष्कार गरेको उनको भनाइ छ । ओली असफल भएर बालुवाटारबाट बालकोट जानुपरेको बताए ।

प्रचण्डले भने, ‘स्थानीय चुनावमा दुई तिहाइ ल्याउँछु भनेर गफ हान्थे । तर, पहिलाको भन्दा सयभन्दा धेरै ठाउँमा पराजित बने। अहिले पनि जनताले बुझिसकेको छन्। त्यसैले यो परिवर्तनको बहाक शक्तिलाई नै जनताले देश र जनताको रक्षा गर्छ भन्ने जनताले बुझिसकेका छन् ।’

प्रतिक्रिया

3 thoughts on “ओलीलाई प्रचण्डको कटाक्ष : जनता उल्लू छैनन्, अब उखान-तुक्कालाई पत्याउँदैनन्

  1. 1700 जनताको टाउको गिड्ने आततायीलाई विश्वास गर्छन त?

  2. हो त !! कत्ति सहि बोल्छौ प्रचण्ड: संसद बाहिर MCC खारेज गर, बिदेशी दलाल होसियार भन्दै नारा लगाउदै रेलिङ्ग र सडकका इँटा भत्काउन लगाएउ उप्फ्री पाफ्री कत्ति हो कत्ति !! संसद भित्र, तिमीहरु अघिल्लो लाइनमा बसेर ‘ MCC’ के गर्ने भन्दा ‘हुन्छ’ भनेर आफै कराएउ !! २ घण्टा पछि बाहिर निस्केर MCC को बिरुद्द नारा लगाउने कार्यकर्तालाई नकाराउ अब, काम छैन तिमीहरुको खुरुक्क घर जाउ भनेउ !! यो तिमि संग भएको २ जिब्र, २ रंग, २ दाह्रा, २ मगज :: चतुरे चंखे र खुरापाती चतित्र उझने भएका छन् जनता, उचित मुल्यान्ग्कन गर्न र देशघातीलाई उचित दण्ड दिन पनि तयार छन्, उल्लु छैनन् आजका जनता !!!

  3. जनताबाट भाग्दै भाग्दै गोरखा पुगेका छौ राजनीति सकिएको भट्टराईले जिताईदेलान कि भनेर । फुर्ति लाउने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर