निर्माणाधीन नागढुङ्गा-नौबिसे सुरुङमार्ग अवलोकनमा ओली (तस्बिरहरू) – Nepal Press

निर्माणाधीन नागढुङ्गा-नौबिसे सुरुङमार्ग अवलोकनमा ओली (तस्बिरहरू)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्माणाधीन नागढुङ्गा-नौबिसे सुरुङमार्गको अवलोकन गरेका छन्।

आइतबार ओलीले सुरुङमार्ग अन्तर्गत नौबिसे तर्फबाट निर्माण भइरहेको सुरुङको अवलोकन भ्रमण गरेका हुन्।

देशका विभिन्न भागबाट काठमाडौं उपत्यका भित्रिन प्रयोग हुने मुख्य नाका नागढुङ्गामा निर्माणाधीन सुरुङमार्गको आफू प्रधानमन्त्री हुँदा ओलीले नै उद्घाटन गरेका थिए।

सुरुङमार्ग निर्माणपछि करिब २० मिनेटमै नौबिसेबाट काठमाडौँ प्रवेश गर्न सकिने बताइएको छ।

एमालेले आगामी निर्वाचनमा भोट माग्न एमालेले यही सुरुङमार्गलाई पनि मुख्य एजेण्डा बनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर