गोरखा विकासका लागि प्रचण्डले अघि सारे ४५ योजना (पूर्णपाठ) – Nepal Press

गोरखा विकासका लागि प्रचण्डले अघि सारे ४५ योजना (पूर्णपाठ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको विकासका लागि ४५ वटा प्रतिबद्धता सार्वजनिक गरेका छन् । २०७४ सालमा निर्वाचित चितवन-३ छाडेर गोरखा २ बाट उम्मेदवारी दिएका प्रचण्डले समृद्ध गोरखा बनाउनका लागि ४५ योजना ल्याएका हुन् ।

उनले सामाजिक न्याय, समता र समाजलाई समृद्धिको नयाँ युगतर्फ लैजान परिवर्तनको नेतृत्व र जनसेवामा आफ्नो भूमिका रहेको उल्लेख गरेका छन् । समाजमा क्रान्ति र शान्तिको नेतृत्व गर्दै नेपाली संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, संविधान निर्माण र कार्यान्वयनसम्म आइपुग्दा देश र जनताको पक्षमा आफूलाई उभ्याउँदै आएको जिकिर गरेका छन् ।

प्रचण्डले सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माण गर्ने, जनजीविकाका समस्या समाधान गरेर जनतालाई नयाँ जीवन दिने सपना पूरा गर्न बाँकी रहेको आश्वासन दिएका छन् ।

उनले गोरखाको शिक्षा, स्वास्थ्य, यातायाता, सडक, विद्युतलगायतका चौतर्फी विकास निर्माणको कामलाई प्राथमिकताको साथ हेरेको बताएका छन् ।

उनले पालुङटार एयरपोर्टलाई पुनः सुचारु गर्नेदेखि पालुङटारलाई मौलिक स्मार्ट सिटीको रूपमा विकास गर्ने, बहुउद्देश्यीय राष्ट्रिय गौरवको १२ सय मेघावाटको बुढीगण्डकी जलविद्युत आयोजना तत्काल कार्यान्वयन सुरू गर्नुका साथै अन्य जलविद्युतका सबै सम्भावनाहरुलाई अघि बढाउने प्रतिबद्धता गरेका छन् ।

उनले गोरखा जिल्ला नेपालको भौगोलिक एकीकरण र विस्तारको दृष्टिकोणबाट ऐतिहासिक भएको इतिहास साछी रहेको भन्दै विभिन्न कालखण्डमा विभिन्न ढंगले संगठित रूपमा अन्याय र अत्याचारविरूद्ध संघर्ष गर्दै परिर्वतन र अग्रगमनको पक्षमा निरन्तर रूपमा उल्लेखनीय भूमिका निर्वाह गरेको प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् ।
गोरखा २ बाट ०७४ सालमा माओवादी नेता नारायणकाजी श्रेष्ठलाई हटाएर नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले जितेका थिए । अहिले अध्यक्ष भट्टराई र नेता श्रेष्ठलाई साथ लिएर प्रचण्ड सो क्षेत्रबाट उम्मेदवार बनेका छन् ।

उनीविरुद्ध एमालेले अब्दुस मियाँलाई अगाडि सारेको छ । तर, प्रचण्डले गोरखामा आफूले प्रतिस्पर्धी नै नदेखेको टिप्पणी गर्दै आइरहेका छन् ।

हेर्नुस् प्रचण्डका प्रतिबद्धताको पूर्णपाठ

प्रतिक्रिया

One thought on “गोरखा विकासका लागि प्रचण्डले अघि सारे ४५ योजना (पूर्णपाठ)

  1. चितवनमा यसरीनै सारेका थिए योजना अहिले ति सबै अलपत्र छन् । त्योभन्दा पहिले सिराहामा पनि बाचा गरेका थिए । तिनको नामो निशान छैन । गोरखामा पनि हुने त्यहि हो । यिनको गतिविधि, कुरा सबै सूक्ष्म रूपले अध्ययन गर्नुस उनीमा यो देशमा केही गरौं भन्ने भावना नै पाउनुहुन्न । सधै अस्थिरता निम्त्याउने र अस्थिर वातावरणमा विदेशीका एजेण्डा लागू गर्न सहयोग गर्ने मै यिनको ध्यान छ । यस्ता मान्छेले देशको लागि केही गर्छन भनेर आस गर्नु बेकार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर