टी-२० विश्वकप : इङ्गल्यान्ड सेमिफाइनल प्रवेश, साबिक विजेता अष्ट्रेलिया बाहिरियो – Nepal Press

टी-२० विश्वकप : इङ्गल्यान्ड सेमिफाइनल प्रवेश, साबिक विजेता अष्ट्रेलिया बाहिरियो

काठमाडौं । श्रीलङ्कालाई पराजित गर्दै इङ्गल्यान्ड आईसीसी टी २० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ। अन्तिम दुई बल बाँकी रहँदा ४ विकेटको जित निकाल्दै इङ्गल्यान्ड सेमिफाइनल पुग्न सफल भएको हो ।

यो ग्रुपबाट साबिक विजेता अष्ट्रेलिया भने बाहिरिएको छ । न्युजिल्याण्ड यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ ।

१९ ओभर ४ बल खेलेर इङ्गल्यान्डले १४२ रनको लक्ष्य भेटाएको थियो । इङ्गल्यान्डका लागि एलेक्स हालेसले ४७ रन बनाए । बेन स्टोक्सले ४२ रनमा अविजित रहे ।

श्रीलंकाका लाहिरु कुमार, धनन्जय डी सिल्भा र वानिन्दु हसरंगा डी सिल्भाले २/२ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो । श्रीलंकाका लागि पाथुम निसन्काले ६७ रनको अर्धशतकीय इनिङ खेले । इङ्गल्यान्डका मार्क उडले ३ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर