चुनाव बहिष्कार गर्ने सूचीमा स्वतन्त्र नागरिक समूह पनि थपियो – Nepal Press

चुनाव बहिष्कार गर्ने सूचीमा स्वतन्त्र नागरिक समूह पनि थपियो

रुपन्देही । स्वतन्त्र नागरिक समूह नेपालले आगामी मंसिर ४ मा हुने निर्वाचन बहिस्कार गर्ने भएको छ ।

अहिले जारी भएको संविधान नै गलत भएको भन्दै नयाँ संविधान जारी गर्न माग सहित समूहले शान्तिपूर्ण आन्दोलनको रूपमा निर्वाचन बहिस्कार गर्ने जनाएको हो ।

बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी समूहका अध्यक्ष विश्वराज गैरेले गलत बाटोबाट ल्याइएको धर्मनिरपेक्षता र आवश्यकता नभएको संघीयता तथा एमसीसी परियोजना देशको राष्ट्रियता र स्वाधीनताकामाथिको कलङ्क भएको भन्दै आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिस्कार गर्ने जनाएका हुन् ।

यसअघि विप्लव नेतृत्वको नेकपा, विप्लवबाट विभाजित धर्मेन्द्र बाँस्तोलाको नेकपा बहुमत, आहुती र मोहन वैद्यको कम्युनिष्ट पार्टीले पनि निर्वाचन बहिष्कारको निर्णयसहित आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

प्रतिक्रिया

One thought on “चुनाव बहिष्कार गर्ने सूचीमा स्वतन्त्र नागरिक समूह पनि थपियो

  1. दुई भोट पनि नआउने देखेपछि बहिष्कार भनेर लाज बचाउँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर