राइट टु रिजेक्टको व्यवस्था नेपालमा पनि लागू हुनुपर्छ : प्रदीप पौडेल (भिडिओ) – Nepal Press

राइट टु रिजेक्टको व्यवस्था नेपालमा पनि लागू हुनुपर्छ : प्रदीप पौडेल (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले निर्वाचनमा राइट टु रिजेक्टको व्यवस्था नेपालमा पनि लागू हुनुपर्ने बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा पौडेलले संसारमा रहेको राइट टु रिजेक्टको व्यवस्था नेपालमा पनि लागू हुनुपर्ने बताएका हुन् ।

मतदाताले पाँच वर्षका लागि चुनेर पठाएको जनप्रतिनिधिले सो अवधिमा गलत काम गरे उनलाई दिएको समर्थन फिर्ता लिन सक्ने व्यवस्था नेपालमा हुनुपर्ने उनले बताए । त्यसका लागि नागरिक अगुवा सम्मिलित समिति गठन गर्नुपर्नेमा आफूहरूको जोड रहेको पौडलको भनाई छ । पौडेलले अहिले राजनीतिप्रति विश्वास जनाउनुपर्ने भन्दै परम्परागत नेतृत्वलाई विस्थापित गर्नुपर्ने धारणा राखे ।

उनले अहिले जनप्रतिनिधि मालिक बन्ने प्रवृत्तिले जनताको समस्या समाधान हुन नसकेकाले यस्ता प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने जिकिर गरे ।

प्रतिक्रिया

One thought on “राइट टु रिजेक्टको व्यवस्था नेपालमा पनि लागू हुनुपर्छ : प्रदीप पौडेल (भिडिओ)

  1. पदमा नगएकाले पनि बिचौलियाको काम गरेर पदमा गएकासँग कमनएका छन् नि । त्यो पनि छानविन होस् । काठमाडौमा के आम्दानीले बसिरहेका छौ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर