गठबन्धन सरकारले आफ्ना मान्छेलाई पैसा बाँडेर देशलाई कंगाल बनायो: ओली (भिडिओ) – Nepal Press

गठबन्धन सरकारले आफ्ना मान्छेलाई पैसा बाँडेर देशलाई कंगाल बनायो: ओली (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले देशलाई कंगाल बनाएको आरोप लगाएका छन्।

शनिबार काठमाडौंमा आयोजित एमालेनिकट प्रवासी नेपाली मञ्चको अधिवेशनमा बोल्दै आफूलाई सेटिङबाट हटाएको १६ महिनामा गठबन्धने सरकारले देशलाई भद्रगोल बनाएको टिप्पणी गरे।

ओलीले भने,‘हाम्रो जस्तो देशमा अहिले ८० अर्बभन्दा धेरै ऋणमा डुबेको छ। स्रोत सुनिश्चिता भन्दै बिना योजना आफ्ना मान्छेहरुलाई पैसा बाँडेको छ। यो भन्दा स्वच्छाचारी र अलोकतान्त्रिक के हुनसक्छ? ’

एमालेले जनताको ओइलाएको आत्मविश्वासलाई पुर्नजागरित गरेर काम गरेको बताए। कोरोना महामारीमा खोप ल्याएर सबैलाई लगाएको दाबी गरे।

राष्ट्रिय स्वाविमानको झण्डा उठाएर सरकार चलाएको भएकाले विरोधी शक्तिलाई सैह्य नभएको आरोप लगाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर