ओलीको आरोप: नाकाबन्दीको सामना र उत्तरी छिमेकीसँग सम्झौता गरेपछि मलाई हटाइयो (भिडिओ) – Nepal Press

ओलीको आरोप: नाकाबन्दीको सामना र उत्तरी छिमेकीसँग सम्झौता गरेपछि मलाई हटाइयो (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग स्वार्थ बाहेकको कुनै गतव्य नभएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एमालेनिकट प्रवासी नेपाली मञ्चको अधिवेशनमा बोल्दै उनले आगामी निर्वाचनले देशको भविष्य कोर्ने बताए।

उनले भने, ‘गठबन्धन सरकार भनेको स्वार्थको चलेखल र सेटिङको मात्रै हा। त्यसको गन्तव्य र भिजन छैन। तर, एमाले नेतृत्वको सरकारले मंसिर ४ पििछ बनाएर देशलाई बर्बाद पार्नबाट रोक्छ। देशलाई समृद्धिको बाटोमा लैजान्छौँ।’

सार्वभौम समानताको आधारमा छिमेक र अन्तराष्ट्रिय संविधान अंगिकार गर्नेगरी सरकार चलाउने बताए। पहिलो निर्वाचनबाट देशलाई दिशानिर्देशन गरेको बताए। उनले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्ने दाबी गरे।

ओलीले भने, हामीले संविधान बनाउनसाथ यो अभियान थालेका थियौँ। तर, हामीले पाँच महिना नाकाबन्दीको समस्या झेल्न बाध्य भयौं। हामीले त्यसको डटेर सामाना गर्यौं। हाम्रो दुईतिर छिमेकि छन्। तर, हाम्रो एकतिर तिरको मात्रै निर्भरताको कारणले उत्तरी छिमेकीसँग पनि पारवहन र यातायाताको सम्झौता गर्यौं।

त्यसपछि दक्षिण छिमेकी र उत्तरी छिमेकीको भ्रमण गरेर आउदा आफूलाई हटाउने तयारी भइसकेको बताए। उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पष्पकमल दाहाल प्रचण्ड र एकीकत समाजवादीका अध्यक्ष माधव नेपाललाई संकेत गर्दै नाकाबन्दी र उत्तरी छिमेकी देशसँगको सम्झौता गरेपछि आफूलाई हटाएको आरोप लगाए।

संसदमा देश डुुब्न लाग्योे माझि बचाइदेउन भन्नले आफूलाई हटाएको दाबी गरे। आफूले दुवै छिमेकी देशसँग सन्तुलित रुपमा राखेको समेत बताए। उनले आफूलाई संसदबाट नभएर अदालतको परमादेशबाट गराएकोप्रति आक्रोश पोखे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर