मुख्यमन्त्रीका प्रतिस्पर्धी हरिको घोषणापत्र- भोजपुरको समृद्धिका लागि १७ संकल्प (पूर्णपाठ) – Nepal Press

मुख्यमन्त्रीका प्रतिस्पर्धी हरिको घोषणापत्र- भोजपुरको समृद्धिका लागि १७ संकल्प (पूर्णपाठ)

भोजपुर । भोजपुर प्रदेश १ का एमाले उम्मेदवार हरिबहादुर राईले समृद्धिको १७ संकल्पसहित घोषणापत्र सार्वजनिक गरेका छन् । उनले ९ बुँदे प्रतिबद्धता पनि जाहेर गरेका छन् ।

यहाँ गठबन्धनले मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई अघि सारेको छ । नेकपा एसका सचिवसमेत रहेका राईसँगको प्रतिस्पर्धाका कारण प्रदेशमै चर्चामा छन् यतिखेर एमालेका उम्मेदवार हरि ।

अहिले दुवैजना भोट माग्दै मतदाताको घरदैलोमा हिँडिरहेका छन् । हरिले समृद्धि, विकास र स्थिरतालाई प्राथमिकतामा राखेर गर्नसक्ने कामको मात्र घोषणापत्र बनाएको बताए ।

शासक नभई जनसेवकको रूपमा काम गर्ने, विकास र समृद्धिको अभियान्ता भएर जनतासँग सहयात्रा गर्ने, स्थानीय सरकार र संघबीच पुलको काम गर्ने, जनताको हरेक दुःख र संकटमा साथ रहने उनको प्रतिबद्धता छ ।

हरिले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने पालिकाको लागि संकल्प प्रस्तुत गरेका छन् । उनले समृद्ध षडानन्द, समृद्ध साल्पासिलिछो, समृद्ध टेम्केमैयुङ र अरुणका लागि ऊर्जा, सडक, स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि, पर्यटनलगायतका क्षेत्रमा गर्ने काम मतदातामाझ पस्किएका छन् ।

‘विकासका मेरा एजेण्डा नारामात्र नभएर रोडम्यापसहितको हो । मसँग जनतामाझ जाने स्पष्ट खाका र प्रतिबद्धता छ’, उनले भने ।

एमाले उम्मेदवार राईले सडक, पर्यटन, कृषि, स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, भाषा-संस्कृति, सञ्चार, सामाजिक न्याय लगायतका क्षेत्रमा आफूले गर्ने कामको सूचीलाई चुनावी एजेण्डा बनाएका छन् ।

हेर्नुस् उनको प्रतिबद्धताको पूर्णपाठ-

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर