सुर्खेतमा पहिलो पटक अन्तराष्ट्रियस्तरको चलचित्र महोत्सव हुँदै, सद्भावना दुत केकी अधिकारी – Nepal Press

सुर्खेतमा पहिलो पटक अन्तराष्ट्रियस्तरको चलचित्र महोत्सव हुँदै, सद्भावना दुत केकी अधिकारी

सुर्खेत । नेपालस्थित युरोपियन युनियनको डेलिगेशनले ११ औँ नेपाल युरोपेली युनियन चलचित्र महोत्सव पहिलोपटक सुर्खेतमा आयोजना गर्ने भएको छ । महोत्सव भोलि कात्तिक १९ देखि २२ गतेसम्म मध्यपश्चिम विश्वविद्यालयको कुइनेपानीस्थित मध्यपश्चिम विश्वविद्यालयको सेमिनार हलमा आयोजना हुन लागेको हो ।

निःशुल्क हेर्न सकिने महोत्सवमा ५ युरोपियन र ३ नेपाली चलचित्र प्रर्दशन गरिनेछ । ‘दुई वर्षको अन्तरालपछि सिनेमा हलमा फेरि जान पाउनु र युरोपका १३ उत्कृष्ट चलचित्रका साथै ३ नेपाली चलचित्र प्रस्तुत गर्न पाउँदा हामी धेरै उत्साहित छौँ, सिनेमा साँस्कृतिक र बौद्धिक जीवनको अग्रभागमा रहन्छ र साँस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्न र हाम्रो जीवनलाई प्रभावित पार्ने सवालहरुलाई हामी कसरी हेर्छौं भन्ने हाम्रो बुझाइलाई सम्वृद्ध बनाउनका लागि सिनेमा प्रभावकारी माध्यम हो,’ नेपालस्थित युरोपेली युनियनको डेलिगेशनकी कार्यवाहक प्रमुख जोयेल हिभोनेटले भने ।

१३ युरोपियन चलचित्रमध्ये रिता हुतानेनले निर्देशन गरेको ‘गड्स् अफ मोलेन्बेक’, लोरेन्ट मिचेली र ओस्कारले निर्देशन गरेको ‘लोला’ र आराश टी. रिहाहीले निर्देशन गरेको ‘अस्कर एण्ड लिली’ मा नेपाली सब्टाईटल हुनेछन् । चलचित्र महोत्सवका आकर्षणहरूमध्ये एक ‘ऐना झ्यालको पुतली’ हो । यो नेपाली कथानक चलचित्रले हालैका दिनहरूमा थुप्रै प्रशंसा कमाएको थियो । महोत्सवको सद्भावना दूत नायिका केकी अधिकारी रहने छिन् । किरण श्रेष्ठले निर्देशन गरेको ‘येट अनदर विन्टर’ र विशाल रोक्का मगरले निर्देशन गरेको ‘गोर्खा गल्र्स्’ उत्सवमा देखाइने अन्य दुई नेपाली चलचित्रहरू हुन ।

ओपनिङ्ग फिल्म ‘गड्स् अफ मोलेन्बीक’ रिता हुतानेनले निर्देशन गरेको वृत्तचित्र हो । यो चलचित्र ब्रसेल्स्को मोलेन्बीक इलाकामा रहेका दुई ६ वर्षीय बालकको अन्तक्र्रिया र कल्पनाको सेरोफेरोमा आधारित छ । चलचित्रमा उनीहरूले माकुराको आवाज सुन्छन्, ब्ल्याक होल पत्ता लगाउँछन् र आफ्नो पूर्खाको भूमिमा पुर्याउने भनिएको उड्ने गलैँचाको कमाण्ड कसले गर्ने भनेर बाझाबाझ गर्छन् । उनीहरू एउटै भवनमा बस्छन् तर पृथक दुनियाँबाट आएका हुन्छन् ।

उनीहरू मिलेर ठुलठुला प्रश्नका उत्तर खोज्छन् । अमिनले मान्ने भगवान अल्लाह पहिले नै तय भइसकेकोले आतोसलाई पनि आफ्नै अर्कै भगवानको चाहेको छ तर भगवानमा विश्वास गर्नेहरू पागल हुन् भन्ने उसको अर्को साथी फ्लोको भनाईले अवस्थालाई जटिल बनाउँछ ।

नजिकैको मेट्रो पार्कमा बम विष्फोट भएसँगै बयस्कहरूको संसारमा रहेको खतराले बालबालिकाहरूको खेललाई अवरोध पु¥याउँछ । बाटाभरी सैन्य ट्याङ्कहरू, हतियार बोकेका सिपाहीहरू र प्रहरीहरू देखिन्छन् । सुत्ने बेला भन्ने कथाहरूमा पनि हिंसाका चित्रहरू देखिन्छन् र मित्रताहरूलाई पनि परीक्षणमा राखिन्छ । एउटा अपेक्षित परिवर्तनले तिनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ ।

महोत्सव अन्तर्गत चलचित्र र चलचित्र निर्माणका विभिन्न पक्षहरूसँग सम्बन्धित तीन पूरक क्रियाकलापहरूको पनि आयोजना हुनेछ । चलचित्रकर्मी सुजित बिडारीले कर्णाली प्रदेशका चलचित्रका विद्यार्थी तथा चलचित्रकमीहरुलाई लागि मास्टरक्लास सञ्चालन गर्ने छन् । चलचित्रकर्मी बिडारीले कात्तिक २२ गतेको पहिलो प्रहरमा नै फिल्म बनाउन चाहिने कथादेखि त्यसलाई खिच्ने तरिकासम्मको बारेमा छलफल गर्ने जानकारी दिए ।

उनी भन्छन्,  ‘मास्टर क्लासमा मैले फिल्म बनाउन चाहिने आइडियादेखि त्यो आइडियालाई कथा हुँदै पटकथामा रुपान्तरण गर्ने र अन्त्यमा त्यसलाई दृष्यमा रुपान्तरण गर्ने प्रक्रियाको बारेमा आफ्नो अनुभव बाँड्नेछु ।’ बिडारीले अस्कर कलेजबाट फिल्म मेकिङमा स्नातक गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *