प्रचण्डको टिप्पणी: ओली राजतन्त्र फर्काउने ‘एम्बुस’ थापेर बसेका छन् (भिडिओ) – Nepal Press

प्रचण्डको टिप्पणी: ओली राजतन्त्र फर्काउने ‘एम्बुस’ थापेर बसेका छन् (भिडिओ)

‘व्यवस्थाको रक्षा गर्न शेरबहादुरजीलाई मैले प्रधानमन्त्रीको प्रस्ताव गरेको हुँ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले भित्रैदेखि यो व्यवस्थालाई स्वीकार नगरेको आरोप लगाएका छन् ।

गोरखा नगरपालिकामा आयोजित गठबन्धनको कोणसभालाई सम्बोधन गर्दै उनले ओलीले भित्री मनदेखि संविधान स्वीकार नगरेको टिप्पणी गरे ।

ओली शक्तिमा पुग्नासाथ राजतन्त्र फर्काउने ‘एम्बुस’ थापेर बसेको आरोप लगाए । ओलीले संविधान च्यात्ने काम गरेपछि आफ्नै प्रस्तावमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको उनले बताए ।

उनले भने, ‘शेरबहादुरजीलाई मैरै प्रस्तावमा प्रधानमन्त्री र गठबन्धनको लागि प्रस्ताव गरेको हुँ । उहाँलाई संख्या पुग्दैन कि भन्ने द्विविधा थियो । तर, माधव नेपाल, नारायणकाजीजीसहितले विश्वास दिलाएपछि तयार हुनुभयो ।’

लोकतन्त्र र संविधान जोगाउन स्वाभाविक रुपमा गठबन्धन बनेको प्रचण्डले बताए । उनले कुनै द्विविधामा नरहेर रुखले हँसिया हथौडामा र हँसिया हथौडाले रुखमा भोट हाल्न अपिल गरे ।

प्रतिक्रिया

4 thoughts on “प्रचण्डको टिप्पणी: ओली राजतन्त्र फर्काउने ‘एम्बुस’ थापेर बसेका छन् (भिडिओ)

  1. यो RAW को एजेण्ट देश भारतमा मिसाएर मालिकको भक्ति गर्न खोज्दैछ ।

  2. ए हो !? अनी प्रचन्ड अनी गठबन्दन नि !?
    कत्ती हत्तार भएको छ है ‘ लेन्डुप दोर्जे’ को अर्को रुपमा आफ्नु नाम प्रमानित् गर्न !! भरियाहरु हो मालिकको भारी इमान्दार पूर्वक बोक्दै छौ, चाडै पाउने भएु तक्मा !!

  3. अर्को कुरा, लोकतन्त्र र स्वतन्त्रता को नाममा यस्तै मनपरी ( मन्परीको हद भयो के ) गरी रहैने हो भने ओलीले ल्याउनै पर्दैन तिमीहरुको टाउकामा हम्मर, बुट र ढुङ्गा बर्षाउन जताततै तयारी अवस्थामा छन जन्जन अनी त्यो बाटो ढुकेर बसेकाहरु !! उदाएु जसरी, अन्त्य त हुनै छ त्येसरी नै !! मात्र समय अघी पछी !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर