म मेची किनारको मान्छेले कालापानी देख्दा शेरबहादुरले देखेनन् : ओली (भिडिओ) – Nepal Press

म मेची किनारको मान्छेले कालापानी देख्दा शेरबहादुरले देखेनन् : ओली (भिडिओ)

मंसिर ४ पछि जनताले ‘गठबन्धन बाइबाइ, एमाले हाइहाइ’ गर्छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ को निर्वाचनपछि गठबन्धनको ‘चुरीफुरी’ सक्किने दाबी गरेका छन् ।

बैतडीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धन सरकार कठपुतली मात्रै भएको टिप्पणी गरे । मंसिर ४ पछि एमालेले स्थिर सरकार बनाउने ओलीको जिकिर थियो ।

ओलीले भने, ‘मंसिर ४ पछि जनताले ‘गठबन्धन बाइबाइ, एमाले हाइहाइ’ गर्छन् । लोभीपापीहरूले मुद्दा हालेर परमादेशमार्फत जनप्रेमी र विकासप्रेमी सरकार हटाए ।’

उनले प्रचण्ड र माधव नेपाललाई संकेत गर्दै शेरबहादुर देउवाको पछाडि लाग्नेहरुको अबसकिएको बताए ।

उनले भने, ‘म मेची किनारको मान्छेले लिम्पियाधुरा, लिपुलेक र कालापानी देखेँ, तर शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री हुँदा देख्नुभएन । म मेची बगरको मान्छे महाकालीको पुल देख्छु । तर, शेरबहादुर देउवा देख्नुहुन्न ।’

महाकाली करिडोर आफूले सुरू गरेको भएपनि गठबन्धन सरकार बनेपछि नाम नै नलिएको गुनासो गरे । उनले राजनीतिक दाउपेच छाडेर सुदूरपश्चिमको विकास गर्ने बताए ।

डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्न नसक्ने बताउँदै अहिले गेटा मेडिकल कलेजको निर्माण सक्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर