दार्चुला र धार्चुला जोड्ने पक्की पुल र महाकालीमा तटबन्ध बनाउँछु : ओली (भिडिओ) – Nepal Press

दार्चुला र धार्चुला जोड्ने पक्की पुल र महाकालीमा तटबन्ध बनाउँछु : ओली (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दार्चुला र धार्चुला जोड्ने पक्की पुल बनाउने उद्घोष गरेका छन्।

दार्चुलाबाट एमालेको चुनावी सभालाई सुरु गर्दै ओलीले महाकाली नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गर्ने बताए।

उनले भने, ‘यहाँको मुख्य समस्या भनेको नदी नियन्त्रणको तटबन्ध निर्माण गर्नु हो। म ग्यारेन्टीका साथ भन्छु। तटबन्ध नेकपा एमालेले बनाउँछ। महाकाली नदीले दार्चुला र खलंगा बजार भत्काउन र बगाउन पाउने छैन। त्यसको ग्यारेन्टी एमालेले गर्छ म गर्छु।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर