मकवानपुरमा ६० संवेदनशील, १९ अति संवेदनशील निर्वाचन क्षेत्र पहिचान – Nepal Press

मकवानपुरमा ६० संवेदनशील, १९ अति संवेदनशील निर्वाचन क्षेत्र पहिचान

हेटौंडा । आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मकवानपुरमा ७९ मतदानस्थल संवेदनशीलको सूचीमा परेको छ । जिल्लाको १६७ मतदान स्थलमा मध्ये १९ अति संवेदनशील निर्वाचन क्षेत्र र ६० संवेदनशील क्षेत्र पहिचान गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले जानकारी दिए ।

उनले अति संवेदनशील १९, संवेदनशील ६० र सामान्य ८८ मतदानस्थल निर्वाचन क्षेत्रहरूको पहिचान गरेर निर्वाचन मतदान स्थलको सुरक्षा सुरु गरिएको बताए ।

प्रमुख पाण्डेले जिल्लाको मतदान स्थलको अवस्था, भूगोल, सञ्चारको सम्पर्कताको आधारमा क्षेत्रहरुको पहिचान गरिएको र अति संवेदनशील क्षेत्रमा नेपाली सेना खटाइएको बताए ।

मतदान स्थल सुरक्षाको लागि सबैखाले सुरक्षाको योजना लागु गरिएको भन्दै उनले मकवानपुरका मतदाताले ढुक्क भएर मतदान गर्न पाउने अधिकारको प्रत्याभुति हुने स्पष्ट पारे । जिल्लाको क्षेत्र नम्बर १ को ‘क’ मा ७७ हजार ९८९ जना र ‘ख’ मा ७२ हजार १६६ मतदाता रहेका छन् भने क्षेत्र नम्बर २ को ‘क’ मा ८३ हजार ०९९ जना र ‘ख’ मा ६७ हजार ४७९ गरेर ३ लाख ७३३ जना मतदाता रहेको वागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर