नाफा बढाउन दबाब दिने बैंक सञ्चालक नै ब्याजदर वृद्धिको विरोध गर्दै सडकमा देखिएपछि… (भिडिओ) – Nepal Press

नाफा बढाउन दबाब दिने बैंक सञ्चालक नै ब्याजदर वृद्धिको विरोध गर्दै सडकमा देखिएपछि… (भिडिओ)

काठमाडौं । ब्याजदर वृद्धिको विरोधमा उद्योगी-व्यवसायी सडकमा उत्रिएका छन् । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं र ललितपुर उद्योग वाणिज्य संघको आव्हानमा उनीहरूले बैंकविरुद्ध आन्दोलन गरेका हुन् ।

बैंक तथा वित्तीय संस्थाविरुद्ध गरेको आन्दोलनमा बैंककै सञ्चालक समेत रहेका उद्योगी व्यवसायी पनि देखिएका छन् । एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघाई, सिटिजन्स बैंकका सञ्चालक प्रवलजंग पाण्डे ब्याजदर वृद्धिविरुद्ध सडकमा आएका हुन् । संघाई नेपाल उद्योग वाणिज्य महासंघका एशोसिएट उपाध्यक्ष हुन भने पाण्डे व्यवसायी हुन् ।

व्यवसायीहरूले ब्याजदर स्थिरता कायम गर, चालुपुँजी निर्देशिका स्थगित गर, गरिखाने मर्दैछ, सरकारको राजस्व घट्दैछ, बैकिङ आतंक बन्द गर, ब्याजदर चर्को भो, गरिखान गाह्रो भो जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर व्यवसायीहरूले माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।

बैंकको नाफा बढाउन दबाब दिने सञ्चालक र कतिपय अवस्थामा नाफा राम्रो गर्न नसक्दा सीईओसमेतलाई हटाउने सञ्चालक सडकमा देखिँदा कतिपयले आश्चर्य मानेका छन् ।

बैंकहरुले कात्तिक १ गतेदेखि ऋणको ब्याजदर झण्डै १८ प्रतिशत पुर्‍याएका छन् । ब्याजवृद्धि नियन्त्रणको मागसहित व्यवसायीले अर्थमन्त्री गुहारेका थिए ।

प्रतिक्रिया

One thought on “नाफा बढाउन दबाब दिने बैंक सञ्चालक नै ब्याजदर वृद्धिको विरोध गर्दै सडकमा देखिएपछि… (भिडिओ)

  1. जनतालाई व्यापारका नाममा ठग्ने यिनीहरू चाहिँ सधैं धनी हुँदै जानुपर्ने अनि जनता चाहिँ झन्झन् गरिव हुँदै जाने । जनताको मतलव छैन यी चुसेर खानेको कुरा सुन्नुपर्ने रे?

Leave a Reply

Your email address will not be published. Required fields are marked *