उम्मेदवार बन्न राजीनामा दिइसकेका बालकृष्णको फोटो लगानी बोर्डको साइटबाट हट्न ढिलो हुँदा – Nepal Press

उम्मेदवार बन्न राजीनामा दिइसकेका बालकृष्णको फोटो लगानी बोर्डको साइटबाट हट्न ढिलो हुँदा

काठमाडौं । नेकपा एमालेबाट दोलखाका प्रतिनिधिसभा उम्मेदवार बालकृष्ण शिवाकोटी राष्ट्रिय लगानी बोर्डको लाभको पदमा रहेको भनी उम्मेदवारी रद्दको मागसहित निर्वाचन कार्यालयमा उजुरी परेको छ ।

तर, शिवाकोटीले भने आफू पहिले नै दुई कार्याकाल बोर्डको सदस्य भएको बताए । लगानी बोर्डको वेबसाइटमा नाम देखेर उजुरी दर्ता गरेको हुनसक्ने उनले जानकारी दिए ।

उनले भने, ‘म केही वर्ष पहिले नै दुई कार्यकाल सदस्य भएको हुँ । लगानी बोर्ड छोडेको लामो समय भइसको छ । लगानी बोर्डले किन मेरो नाम राखिरहेको हो थाहा छैन । लगानी बोर्ड भनेको सरकारी कार्यालय हो । हटिसकेको व्यक्तिको नाम सरकारले किन राखिरहन्छ ? मैले के भन्ने खोई ।’

केही दिनअघिसम्म लगानी बोर्डको वेबसाइटमा राखिएको शिवाकोटीको नाम अहिले भने भटाइएको छ ।

यसैबीच लगानी बोर्डका सूचना अधिकारी राजुप्रसाद गुरागाईंले बालकृष्ण शिवाकोटी लगानी बोर्डको सदस्य नरहेको प्रष्ट पारे । बोर्डको साइटमा केही दिन नाम रहेपछि हटाइसकिएको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *