केपी ओलीले राजावादी गठबन्धनको नेतृत्व गरेका छन्: प्रचण्ड – Nepal Press

केपी ओलीले राजावादी गठबन्धनको नेतृत्व गरेका छन्: प्रचण्ड

‘आगामी निर्वाचन अग्रगमन र पश्चगमनको बीचको लडाइँ हो’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादी गठबन्धनको नेतृत्व गरेको आरोप लगाएका छन्।

गोरखामा आयोजित गठबन्धन दलहरुको चुनावी जनभेलालाइ सम्बोधन गर्दै उनले ओलीले अहिलेसम्मको परिवर्तन उल्ट्याउन लागिपरेको आरोप लगाए।

उनले भने, ‘एमालेका केही गोरुगाढावाला प्रवृत्तिका नेताहरु थिए। संविधान सभामा हस्ताक्षर गरिसकेपछि सुध्रिए होला भनेका होइन रहेछ। ती नेताहरु अहिले देशलाई अराजकतातर्फ लान ढुकेर बसेका छन्।’

उनले कम्युनिष्टलाई एकबद्ध गरेर जाँदा आफूहरुले प्रधानमन्त्री र नेताको रुपमा अगाडि सारेको ओलीले संविधानविरुद्ध लागेको बताए। ओलीले प्रतिगमन गरेपछि हामीले ठुलो संघर्ष परेपछि परास्त गर्न सफल भएको दाबी गरे।

लोकतन्त्र र संविधानको रक्षाको लागि गठबन्धन बनेको उनले बताए। प्रचण्डले भने, ‘शेरबहादुरजीले नेतृत्व गरेका अग्रगमनको गठबन्धनमा हामी छौँ। अर्को गठबन्धन केपी ओलीले गरेको राजावादी, सामन्तवादी र देश टुक्राउनुपर्छ भन्नेहरुसँग छ।’

उनले आगामी निर्वाचन अग्रगमन र पश्चगमनको बीचको लडाइँ भएको समेत बताए।

प्रतिक्रिया

3 thoughts on “केपी ओलीले राजावादी गठबन्धनको नेतृत्व गरेका छन्: प्रचण्ड

  1. Dear Prachanda, You are the leader of पश्चगमन! The CHAIR of PRIME MINISTER is making you FOOL and YOU ARE MAKING NEPALI PEOPLE FOOL!

  2. तिम्रो गठबन्धन विदेशीको दलाली गर्न बनेको हो । तिमी त्यसका नाईके हौ । नेपाली जनताले त्यसरी बुझेका छन् । ओलिको गठबन्धनलाई तिमीले भने जसरी जनताले बुझेका छैनन् । केहि भारतीय र पश्चिमाका दलाल र मेडियाले चाहिँ बुझेका छन् ।

  3. झापाको दमकमा तिमीले तिम्रो वाऊलाई भोट हालेको हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर