जर्मनीका प्रभावशाली मिडफिल्डर वेर्नर विश्वकप गुमाउने – Nepal Press

जर्मनीका प्रभावशाली मिडफिल्डर वेर्नर विश्वकप गुमाउने

काठमाडौं । चोटका कारण जर्मनीका प्रभावशाली मिडफिल्डर टिमो वेर्नरले पनि आसन्न कतार विश्वकप गुमाउने भएका छन।

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति साख्तर डोनेट्स्कसँग खेल्ने क्रममा १९ मिनेटमै मैदान छाड्न बाध्य आरबी लेइपजिगका यी खेलाडीको कुर्कुच्चामा चोट रहेको बताइएको छ।

जर्मनीको सिनियर टोलीबाट ५५ खेल खेल्नेक्रममा २६ वर्षीय वेर्नरले २४ गोल गरेका छन्। उनले सन् २०१७ मा सिनियर अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए।

उनले फिफा कन्फेडेरेसन कप, च्याम्पियन्स लिग, फिफा क्लब विश्वकप, युईफए सुपर कपलगायत प्रतियोगिता जितेका छन्। दुई सिजन चेल्सीमा बिताएर यसै वर्ष मात्र उनी घरेलु क्लब लेइपजिग फर्किएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर