‘कमेडी च्याम्पियन’को टिमले फिल्म निर्माण गर्ने – Nepal Press

‘कमेडी च्याम्पियन’को टिमले फिल्म निर्माण गर्ने

काठमाडौं । स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को टिमले फिल्म निर्माण गर्ने भएको छ ।

विशाल भण्डारीको निर्देशनमा बन्ने फिल्मको निर्मातामा ओम प्रकाश अग्रवाल रहनेछन् । यम थापाको कथामा फिल्म बन्ने भएको हो ।

बिहीबार निर्देशक भण्डारी, निर्माता अग्रवाल र लेखक थापाबीच सम्झौता भएको छ । थ्रि प्रोडक्सन र ओएसआर डिजिटलको प्रस्तुतीमा बन्ने फिल्मका लागि कलाकारहरु भने तय गरिएको छैन ।

फिल्मको नामका विषयमा पनि छलफल भईरहेको छ । चलचित्रको सम्पूर्ण टिम र कलाकारको केहि दिनमा अफिसियल घोषणा गरिने निर्माता अग्रवालले जानकारी दिए।

छिट्टै फ्लोरमा निस्कने निर्माण टिमको तयारी छ । चलचित्र आगामी दशैंमा प्रदर्शन गर्ने निर्माण टिमको योजना रहेको निर्देशक भण्डारीले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *