मुलुकमा अहिले बेथिति मौलायो, न्यायालयसमेत सेटिङमा चलेको छ : रमेश खरेल – Nepal Press

मुलुकमा अहिले बेथिति मौलायो, न्यायालयसमेत सेटिङमा चलेको छ : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी एवं काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उमेदवार रमेश खरेलले मुलुकमा अहिले बेथिति मौलाएको बताएका छन् ।

काठमाडौ क्षेत्र नम्बर १ मा बिहीबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा बेथिति मौलाउनुका साथै न्यायालयसमेत सेटिङमा चलेको आरोप लगाए । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको भनाईबाट पनि मुलुक कतिको सेटिङमा चलिरहेको छ भन्ने कुरा प्रष्ट भएको उनको भनाई छ । उनले देशमा परिवर्तन ल्याउनका लागि आगामी मंसिर ४ मा देशलाई माया गर्ने उमेदवारलाई विजयी गराउन आग्रहसमेत गरे ।

खरेलले काठमाडौं क्षेत्र नम्बर १ का जनतालाई अहिलेसम्म निर्वाचित जनप्रतिनिधिले झुक्याउने काम मात्रै गरेको आरोपसमेत लगाए । आगामी निर्वाचनमा जनताको समस्या सुनिदिने असल प्रतिनिधिलाई जिताउन उनले आग्रह गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर