चुनावी सुरक्षा रणनीति तयार गर्न कर्णाली नदी किनारमा तीन जिल्लाका सुरक्षा प्रमुख – Nepal Press

चुनावी सुरक्षा रणनीति तयार गर्न कर्णाली नदी किनारमा तीन जिल्लाका सुरक्षा प्रमुख

सुर्खेत । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाच लक्षित सुरक्षा रणनीति तय गर्न तीन जिल्लाका सुरक्षा प्रमुखहरुको बैठक कर्णाली नदी किनारमा बसेको छ ।

बिहिबार दैलेख, कालिकोट र अछाम जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको बैठक दैलेखको आठविस नगरपालिका राकमस्थित कर्णाली नदी किनारमा तीन जिल्लाको सुरक्षा अवस्था र निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भय रहित वातावरणमा सम्पन्न गर्न मतदातालाई सुरक्षित मतदानस्थलसम्म पु¥याउन आवश्यक सुरक्षा रणनीति तय गरिने जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख (डिएसपी) भुवनेश्वर प्रसाद साहले जानकारी दिए ।

बैंठकमा दैलेख, अछाम र कालिकोटका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, र राष्ट्रिय अनुसन्धानका प्रमुखहरुको सहभागीता रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर