दक्षिण अफ्रिकालाई हराएपछि पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना कायमै – Nepal Press

दक्षिण अफ्रिकालाई हराएपछि पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना कायमै

मेलबर्न । अस्ट्रेलियामा जारि आईसिसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत सुपर-१२ को खेलमा बिहीबार दक्षिण अफ्रिकालाई पराजित गर्दै पाकिस्तानले सेमिफाइनल पुग्ने आशा कायमै राखेको छ। पाकिस्तान डकवर्थ लुइस नियमका आधारमा ३३ रनले विजयी भयो ।

एक सय ८६ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले ९ ओभरमा ४ विकेट गुमाएर ६९ रन जोडेको अवस्थामा वर्षाले खेल रोकिएको थियो । त्यसपछि दक्षिण अफ्रिकाले १४ ओभरमा एक सय ४२ रन बनाउनुपर्ने नयाँ लक्ष्य पाएको थियो। तर दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर एक सय ८ रन मात्र जोड्न सक्यो ।

पाकिस्तानका साहिन शाह अफ्रिदीले तीन, सदाब खानले २ तथा नसिम शाह, ह्यारिस रौफ र मोहम्मद वासिमले एक एक विकेट हात पारे। दक्षिण अफ्रिकाका कप्तान टेम्बा बाभुमाले सर्वाधिक ३६ रन बनाए । आईदेन मक्रमले पनि २० रन जोडे । त्यसअघि पाकिस्तानको पालीमा सदाब खानले २२ बलमा ५२ र इफ्तिखर अहमदले ३५ बलमा ५१ रन बनाएका थिए । १३ ओभरमा ५ विकेट गुमाएर ९५ रन जोडेको पाकिस्तानले अन्तिम सात ओभरमा ९० रन जोडेको थियो ।

समूहमा चार खेलबाट ४ अंक भएको पाकिस्तान तेस्रो स्थानमा तेस्रो स्थानमा उक्लिएको छ। दक्षिण अफ्रिकाको चार खेलबाट ५ र भारतको ४ खेलबाट ६ अंक रहेको छ। समूहको अन्तिम खेलमा पाकिस्तानले बंगलादेश, दक्षिण अफ्रिकाले नेदरल्यान्ड्स र भारतले जिम्बावेसँग खेल्ने छ । पाकिस्तानले अन्तिम खेल जितेपनि अगाडि बढ्न दक्षिण अफ्रिका र भारतको खेलको नतिजा कुर्नुपर्ने छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर