भारतमा हुने आईसिआरसी अन्तर्राष्ट्रिय ह्विल चेयर बास्केटबल टुर्नामेन्टमा नेपालबाट २४ जना सहभागी हुने – Nepal Press

भारतमा हुने आईसिआरसी अन्तर्राष्ट्रिय ह्विल चेयर बास्केटबल टुर्नामेन्टमा नेपालबाट २४ जना सहभागी हुने

काठमाडौं । कात्तिक २० गतेदेखि भारतमा हुने ६ दिने आईसिआरसी अन्तर्राष्ट्रिय ह्विल चेयर बास्केटबल टुर्नामेन्ट प्रतियोगिताको तेस्रो संस्करणमा नेपालबाट २४ जना खेलाडी सहभागी हुने भएका छन् ।

नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कात्तिक २० गतेदेखि २५ गतेसम्म हुने प्रतियोगितामा नेपालबाट खेलाडीसहित ३२ जनाको टोली भारत जाने जानकारी गराएको हो । प्रतियोगिता संघको नेतृत्वमा आईसिआरसी, प्यारालाम्पिक कमिटी अफ इन्डिया र ह्विलचेयर बास्केटबल फेडेरेशन अफ इन्डियाको संयुक्त आयोजनामा भारतको नयाँ दिल्ली (नोएडा)मा हुन लागेको हो । पत्रकार सम्मेलनमा संघकी अध्यक्ष देवी आचार्यले प्रतियोगिताको लागि नेपालबाट ३२ जनाको टोली कात्तिक १९ गते भारततर्फ प्रस्थान गर्ने जानकारी दिइन् ।

जसमध्ये १२ जना महिला खेलाडीहरु र १२ जना पुरुष खेलाडी गरि जम्मा २४ जना खेलाडीहरु सहभागी हुने उनको भनाई छ । ६ दिनसम्म चल्ने उक्त प्रतियोगितामा नेपालले महिला र पुरुष दुई टिमलाई सहभागी गराउनेछ । सो प्रतियोगितामा पुरुषतर्फ अफगाननिस्तान, बंगलादेश, कम्बोडिया, गाजा, इन्डिया, लिबिया, नेपाल र सिरियागरी आठ देशबाट टिम सहभागी हुनेछन् । त्यसैगरी, महिलातर्फ कम्बोडिया, भारत र नेपालगरि तीन देशबाट तीन वटा टिमको सहभागी हुने संघले जनाएको छ ।

संघले खेलकुदका लागि आर्थिक अभाव हुँदाहुँदै पनि गत भदौ २७ गतेदेखि कात्तिक १६ गतेसम्म खेलाडीहरुलाई प्रशिक्षण तालिम सञ्चालन गरेको अध्यक्ष आचार्यले बताताइन्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर