नबिल ब्यालेन्स्ड फन्ड-२ र इक्विटी फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन – Nepal Press

नबिल ब्यालेन्स्ड फन्ड-२ र इक्विटी फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश सुरक्षित गर्ने आज कात्तिक १७ गते अन्तिम दिन हो । नबिल ब्यालेन्स्ड फन्ड-२ र नबिल इक्विटी फन्डको आर्थिक वर्ष २०७८/७९ का लागि घोषित लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । योजनाका लाभांश वितरणको लागि कम्पनीले भोलि कात्तिक १८ गते शुक्रबार बुक क्लोज गर्नेछ ।

योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङले नबिल ब्यालेन्स्ड फन्ड-२ का इकाइ धनीहरुलाई ७ प्रतिशत (करसहित) नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।

यसैगरी नबिल इक्विटी फन्डका इकाइ धनीहरुलाई ५ प्रतिशत (करसहित) नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । साथै नबिल म्यूचल फण्डले नबिल फ्लेक्सी क्याप नामक ७ करोड ५० लाख इकाइ भएको खुल्लामुखि योजनाको इकाइहरुको यही कात्तिक २३ गते देखि बिक्री खुला गर्नेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *