एनएमबि बैंक र युयसआइडी ट्रेड एण्ड कम्पिटिटिभनेसबीच लगानी सहज बनाउने सम्झौता – Nepal Press

एनएमबि बैंक र युयसआइडी ट्रेड एण्ड कम्पिटिटिभनेसबीच लगानी सहज बनाउने सम्झौता

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ग्रिन फाईनान्सिङ्ग, जलवायु फाईनान्सिङ्ग र विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउन युयसआइडी ट्रेड एण्ड कम्पिटिटिभनेसँग सहकार्य गर्ने भएको छ । त्यसका लागि दुवैले सहकार्य पत्रमा हस्ताक्षर गरेका छन् ।

यस सहकार्य अन्तर्गत बैंकले दिगोरूपमा लघु, साना र मझौला व्यवसायहरुको लागि वित्तीय पहुँच बढाउने छ । कृषि, पर्यटन र डिजिटल सेवाहरूसँग सम्बन्धित आर्थिक अवसरहरूमा सहभागी हुन महिला, युवा र सीमान्तकृत समूदाय सहयोग गर्नेछ । युयसआइडी ट्रेड एण्ड कम्पिटिटिभनेस पाँच वर्षको १८.९ मिलियन अमेरिकी डलरको सहयोग हो जसले नेपाललाई उच्च गुणस्तर र उच्च मूल्यको निर्यातमा विविधता ल्याउन, आर्थिक रुपले पिछडिएकाहरुको लागि दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरू बढाउनको लागि विश्वव्यापी पूँजीकरण एकिकृत गर्न सहयोग गर्छ ।

एनएमबि बैंक विगत २६ वर्षदेखि बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको छ । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टर मार्फतसेवा प्रदान गदै आएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *