नेकपा एसका प्रदेश कमिटी सदस्यसहित काभ्रेका कार्यकर्ता एमालेमा प्रवेश – Nepal Press

नेकपा एसका प्रदेश कमिटी सदस्यसहित काभ्रेका कार्यकर्ता एमालेमा प्रवेश

बनेपा । नेकपा एकीकृत समाजवादीका वागमती प्रदेश कमिटी सदस्य रमेश पौडेल र मीरा पौडेलसहित सो पार्टीमा आबद्ध जिल्लास्तरीय कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

चुनावी अभियान चलिरहेकै बेला बिहीबार आयोजित कार्यक्रममा उनीहरू गठबन्धनको विपक्षमा एमालेका प्रतिनिधिसभा उम्मेदवार गोकुल बास्कोटा र प्रदेशसभा उम्मेदवार कुमार खकुरेललाई समर्थन गर्दै नेकपा एस परित्याग गरेका हुन् ।

उनीहरूसँगै राजेन्द्र पौडेल, अविचल पौडेल, गंगा श्रेष्ठ, रामदास सुवाललगायत पनि एमाले प्रवेश गरेको जिल्ला अध्यक्ष अशोक ब्यान्जुले बताए । उनीहरू सबै पनौती नगरपालिका वडा नम्बर ४ र ७ का हुन् ।

शिक्षक आन्दोलनबाट स्थापित नेता पौडेलले आफूहरू विगतमा एमाले छाडेर नेकपा एसतिर लागेपनि अहिलेको परिस्थितिमा एमाले पराजित हुँदा कम्युनिष्ट आन्दोलन कमजोर हुने देखेर पार्टीमा विनाशर्त फर्किएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर